११ श्रावण २०८३, सोमबार

भाइटीकाको उत्तम साइत कात्तिक ६ गते बिहान ११:३९ बजे

भाइटीकाको उत्तम साइत कात्तिक ६ गते बिहान ११:३९ बजे



काठमाडौं । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको भाइटीकाको उत्तम साइत तोकेको छ । समितिका अनुसार भाइटिकाको उत्तम साइत कात्तिक ६ गते बिहीबार बिहान ११:३९ बजे तोकेको छ ।

समितिका अनुसार धनु लग्न, कन्या नवमांश, अभिजित् योग र विजय मुहूर्त जस्ता शुभ संयोजन भएकोले सो साइत विशेष मानिएको हो । सर्वसाधारणका लागि भने मध्याह्नकालमा टीका लगाउन कुनै बाधा नहुने समितिले जनाएको छ

यस वर्ष यमपञ्चक कात्तिक १ गते शनिबारबाट सुरु हुँदैछ । सोही दिन धनतेरस र यमदीपदान पनि हुनेछ । कात्तिक २ गते काग तिहार र धनवन्तरी जयन्ती, कात्तिक ३ गते कुकुर तिहार, नरक स्नान र लक्ष्मीपूजा, कात्तिक ४ गते बिहान स्नान–दान, कात्तिक ५ गते गाई, गोरु र आत्म (म्ह) पूजा, कात्तिक ६ गते भाइटीका र किजा पूजा मनाइनेछ ।