शोधनान्तर स्थिति डेढ खर्ब बचतमा, चालु खाता १३० अर्ब बचतमा
शोधनान्तर स्थिति डेढ खर्ब बचतमा, चालु खाता १३० अर्ब बचतमा
काठमाडौं । शोधनान्तर स्थिति डेढ खर्ब बचतमा देखिएको छ । नेपाल राष्ट्र बैंकबाट उपलब्ध चालु आर्थिक वर्ष २०८२–८३ को साउन र भदौको महिनाको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिको तथ्याङ्कले यस्तो देखाएको हो ।
समीक्षा अवधिमा शोधनान्तर स्थिति १ खर्ब ५३ अर्ब ६८ करोड रुपैयाँ बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति १ खर्ब १ अर्ब ७७ करोड रुपैयाँ बचतमा रहेको थियो ।
अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ७६ करोडले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा १ अर्ब १० करोडले बचतमा रहेको छ ।
समीक्षा अवधिमा चालु खाता १ खर्ब ३० अर्ब ६९ करोड रुपैयाँ बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता ५४ अर्ब ४१ करोड रुपैयाँ बचतमा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ४१ करोडले बचतमा रहेको चालु खाता समीक्षा अवधिमा ९३ करोडले बचतमा रहेको छ ।













