११ अर्ब सेयर निष्कासन गर्न बोर्डको अनुमति, सबैभन्दा धेरै म्युचुअल फन्ड, आइपीओ कति ?
काठमाडौं । दुई महिनामा ११ अर्ब रुपैयाँ बराबरको धितोपत्र सार्वजनिक निष्कासनका लागि अनुमति पाएका छन् ।
नेपाल राष्ट्र बैंकले हालै उपलब्ध गराएको चालु आर्थिक वर्ष २०८२–८३ को साउन र भदौ महिनाको तथ्याङ्कले यस्तो देखाएको हो ।
साउन र भदौमा गरि नेपाल धितोपत्र बोर्डले १० अर्ब ९५ करोड रुपैयाँ बराबरको सेयर निष्कासन गर्न अनुमति प्रदान गरेको हो ।
जसमध्ये सबैभन्दा धरै म्युचुअल फन्ड रहेको छन् । सो अवधिमा ६ अर्ब १८ करोड बराबरको म्युचुअल फण्ड निष्कासन गर्न अनुमति दिएको हो ।
यस्तै, ३ अर्ब ७८ करोड बराबरको हकप्रद सेयर र ९९ करोड ४७ लाख बराबरको साधारण सेयर (आइपीओ) निष्कासनका लागि अनुमति प्रदान गरेको छ ।













