तिहार तथा छट अवधिभर हिमालयन बैंककाे सेवाहरू बन्द, माेबाइल बैंकिङ समेत नचल्ने
काठमाडौं । तिहार तथा छट अवधिभर हिमालयन बैंकको बैंकिङ सेवाहरु बन्द रहने भएका छन् ।
बैंकले कात्तिक ३ गतेदेखि कात्तिक १० गतेसम्म हिमालयन बैंकको बैंकिङ सेवाहरु उपलब्ध नहुने जानकारी दिएकाे छ ।
बैंकले कोर बैंकिङ सफ्टवेयरलाई टी–२४ रिलिज आर–२३ मा स्तरोन्नति गर्ने भएकाले उक्त अवधिमा बैंकिङ सेवा नहुने भएको हो । उक्त अवधिमा मोबाइल बैंकिङ पनि चल्ने बैंकले जनाउकाे छ । यद्यपी एटीम तथा डेबिट–क्रेडिट कार्ड सेवा भने चल्नेछ।
बैंकले प्रयोग गरिरहेको कोर बैंकिङ सफ्टवेयर कात्तिक ११ देखि टी–२४ रिलिज आर–२३ मा स्तरोन्नति हुने भएको हुँदा उक्त मिति पश्चात् बैंकले प्राप्ति गरेको साविक सिभिल बैंक लगायत साविक सिभिल बैंक मर्ज भएका र सिभिल बैंकले प्राप्ति गरेका साविक वित्तीय संस्थाहरुले जारी गरेको कुनै पनि चेकहरुबाट भुक्तानी नहुने नहुने बैंकले जनाएकाे छ ।
त्यसकारण सिभिल बैंक तथा सिभिल बैंकले प्राप्ति गरेकोरमर्ज भएको वित्तीय संस्थाका ग्राहकहरुले आफ्नो खाता रहेको शाखामा सम्पर्क गरी नयाँ चेक बुक लिन पनि बैंकले आग्रह गरेको छ ।













