स्ट्याण्डर्ड चार्टर्ड बैंकको लाभांश घोषणा, सेयरधनीलाई १९ प्रतिशत नगद दिने - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

स्ट्याण्डर्ड चार्टर्ड बैंकको लाभांश घोषणा, सेयरधनीलाई १९ प्रतिशत नगद दिने



काठमाडाैं । ग्लोबल स्ट्याण्डर्ड चार्टर्ड बैंक लिमिटेडले लाभांश घोषणा गरेको छ । बैंकको आज बिहान सवा ९ बजे बसेको बसेको संचालक समितिको बैठकले लाभांश घोषणा गरेको हो ।

बैंकले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीलाई हाल कायम चुक्ता पुँजीको १९ प्रतिशत नगद लाभांश (कर समेत) दिने निर्णय गरेको छ ।

उक्त प्रस्तावित लाभांश अब नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई बैंकको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि विरतण हुनेछ ।


प्रतिक्रिया दिनुहोस्