द ब्रिटिश कलेजलाई ‘नेपाल एडुकेसन अवार्ड २०२५’ मा ‘उत्कृष्ट अन्तर्राष्ट्रिय कलेज’ अवार्ड
द ब्रिटिश कलेजलाई ‘नेपाल एडुकेसन अवार्ड २०२५’ मा ‘उत्कृष्ट अन्तर्राष्ट्रिय कलेज’ अवार्ड
काठमाडौं । नेपालको अग्रणी अन्तर्राष्ट्रिय शैक्षिक संस्था द ब्रिटिश कलेजलाई ‘नेपाल एडुकेसन अवार्ड २०२५’ मा नेपालको ‘उत्कृष्ट अन्तर्राष्ट्रिय कलेज’ को उपाधिबाट सम्मानित गरिएको छ।
कलेज रिडर्सको आयोजनामा युनिभर्सिटी अफ ग्रिनीचमा आयोजित एक समारोहमा त्द्यऋ को नवीन पाठ्यक्रम, बेलायतका विश्वविद्यालयहरूसँगको बलियो साझेदारी, र विद्यार्थीहरूलाई अन्तर्राष्ट्रिय करियरका लागि तयार पार्न गरेको सफलताको कदर गर्दै यो अवार्ड प्रदान गरिएको हो।
कलेजका प्रमुख कार्यकारी अधिकृत राजेन कँडेलले उक्त सम्मान ग्रहण गर्दै यो पुरस्कार संस्थाको मात्र नभई टीबीसीसँग ठूलो सपना देख्ने हरेक विद्यार्थीको लागि भएको बताए।
यो अवार्डले नेपालमा वास्तविक बेलायती शिक्षा प्रदान गर्ने र विश्वव्यापी रूपमा प्रतिस्पर्धा गर्नसक्ने नेतृत्व तयार पार्ने हाम्रो अभियानलाई प्रमाणित गरेको उनकाे भनाइ छ।
उक्त समारोहमा बेलायतका लागि नेपाली राजदूत महामहिम चन्द्र कुमार घिमिरे, मधेश विश्वविद्यालयका उपकुलपति प्रा। डा। दीपक शाक्य, र युनिभर्सिटी अफ ग्रिनीचका वरिष्ठ प्रतिनिधिहरू लगायत विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।
व्यक्तिगत अवार्डतर्फ, द ब्रिटिश एजुकेशन ग्रुप का अमरदीप मण्डल, द्यभ्न् ग्रुप मार्केटिङ हेड, बेलायती शिक्षाको प्रवर्द्धन र अन्तर्राष्ट्रिय शैक्षिक सहकार्यलाई बढावा दिन पुर्याएको महत्त्वपूर्ण भूमिकाका लागि “उत्कृष्ट शैक्षिक मार्केटर अफ द इयर” बाट सम्मानित भए।
ब्रिटिश एजुकेशन ग्रुप अन्तर्गतको द ब्रिटिश कलेजले बेलायतका प्रतिष्ठित लिड्स बेकेट युनिभर्सिटी, युडब्लुइ ब्रिस्टोल, तथा किल युनिभर्सिटीबाट नेपालमै अन्तर्राष्ट्रिय स्तरका स्नातक र स्नातकोत्तर कार्यक्रमहरू सञ्चालन गरिरहेको छ।













