जेनजी आन्दोलनमा ध्वस्त ट्राफिक कन्ट्रोल रुम पुन: सञ्चालनमा
जेनजी आन्दोलनमा ध्वस्त ट्राफिक कन्ट्रोल रुम पुन: सञ्चालनमा
काठमाडौं । जेनजी आन्दोलनका क्रममा गत भदौ २४ गते ध्वस्त भएको ट्राफिक प्रहरी कन्ट्रोल रुम पुन: सञ्चालनमा आएको छ ।
गैरआवासीय नेपाली संघ (एनआरएनए) ले पुनर्निर्माण गरेको कन्ट्रोल रुम मंगलबार एक समारोहबीच ट्राफिक प्रहरीले पुन: प्रयोगमा ल्याएको हो ।
एनआरएनएका अध्यक्ष महेशकुमार श्रेष्ठ र उपाध्यक्ष मनोजकुमार श्रेष्ठले कन्ट्रोल रुमको चाबी प्रमुख अतिथि प्रहरी अतिरिक्त महानिरीक्षक कार्कीलाई हस्तान्तरण गरेका थिए । कार्यक्रममा कार्की र श्रेष्ठले संयुक्त रूपमा कन्ट्रोल रुमको समुद्घाटन पनि गरे।













