१० श्रावण २०८३, आइतबार

कागबेनीदेखि माथि मुक्तिनाथसम्मको यात्रा नगर्न आग्रह

कागबेनीदेखि माथि मुक्तिनाथसम्मको यात्रा नगर्न आग्रह



मुस्ताङ । उपल्लो मुस्ताङ, लोमान्थाङ र मुक्तिनाथ क्षेत्रमा सोमबार बिहानदेखि पहिलो हिमपात भएको छ ।

मुक्तिनाथ विकास समितिका अनुसार ५–६ इन्चसम्म हिउँ जमेको छ । हिमपात जारी रहे २ फिटसम्म पुग्ने सम्भावना रहेको समितिले जनाएको छ ।

यता, जिल्ला प्रशासनले कागबेनीदेखि माथि मुक्तिनाथसम्मको यात्रा नगर्न आग्रह गरेको छ । सडकमा बाक्लो हिउँ जमेका कारण यात्रा जोखिमपूर्ण रहेको प्रहरीले जनाएको छ ।