खराब मौसमले त्रिभुवन विमानस्थलमा भीएफआर अन्तर्गतका उडान प्रभावित
खराब मौसमले त्रिभुवन विमानस्थलमा भीएफआर अन्तर्गतका उडान प्रभावित
काठमाडौं। बिहानैदेखि काठमाडाैं उपत्यकाकाे माैसम खराब हुँदा त्रिभुवन विमानस्थलमा भिजुअल फ्लाइट रुल्स (भीएफआर) बन्द भएको छ।
भीएफआर बन्द हुँदा विमानस्थलमा कतिपय अन्तर्राष्ट्रिय र आन्तरिक उडान अवतरण प्रभावित बनेका छन् ।
मौसम खराबीका कारण विमानले आकाशमा एक दुई फन्को मार्नु परेको छ भने केहि जहाज उडानका लागि विमास्थलमा होल्डमा छन् ।
भीएफआर बन्द भए पनि जहाज इन्स्ट्रुमेन्ट फ्लाइट रुल्स (आईएफआर) अन्तर्गत उडान अवतरण भइरहेको विमानस्थलका महाप्रबन्धक हंसराज पाण्डेले बताए ।
त्रिभुवन विमानस्थलमा अवतरण हुन नसकेपछि इस्तनबुलबाट आएको टर्किस एयरलाइन्स, भारतबाट आएको इन्डिगो, धनगढीबाट आएका श्री एयरलाइन्स र बुद्ध एयरलाइन्स, कलकताबाट आएको बुद्ध एयरलाइन्स र क्वालालम्पुरबाट आएको मलेसिया एयरलाइन्सका जहाज ओभरसुट भएका छन्।













