विकास बैंक समुह उचालिएपछि सेयर बजारमा उछाल, दोब्बर बढ्यो कारोबार
काठमाडाैं । तिहार बिदापछिको दोस्रो कारोबार दिन शेयर बजारमा उत्साह देखिएको छ । आइतबार ५ अंकले बढेको नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक आज पनि ६२.२९ अैकले बढेको छ ।
यसदिन २.४८ प्रतिशतले बढेको नेप्से २५ सय ७१ दशमलव ३४ बिन्दुमा उक्लिएको छ ।
नेप्से परिसूचकसँगै आज कारोबार पनि बढेको छ । आज ३१४ कम्पनीको ९२ लाख ४३ हजार ७२३ कित्ता सेयर ४ अर्ब ५७ करोड ३९ लाख ४३ हजार रुपैयाँमा किनबेच भएको छ ।
आइतबार ३ सय १३ वटा कम्पनीका ५५ लाख ९६ हजार कित्ता शेयर २ अर्ब ६६ करोड रुपैयाँमा किनबेच भएको थियो ।
आज व्यापार समुह बाहेक सबै समुहकाे सेयर बढेकाेमा विकास बैंक समुहकाे सेयर सर्वाधिक ४.४७ प्रतिशत बढेकाे छ भने जलविद्युत ३.९०, जीवन बीमा ३.५५, लगानी समुह ३.१९ र फाइनान्स ३.१४ प्रतिशत बढेकाे छ ।













