५ अंकले घट्याे नेप्से, कारोबार रकम भने बढ्यो - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

५ अंकले घट्याे नेप्से, कारोबार रकम भने बढ्यो



काठमाडौं । तिहार बिदापछि दुई दिन लगातार बढेको सेयर बजारमा बुधबार गिरावट आएको छ ।

आज नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक ५.१७ अंकले घटेर २५ सय ६६ दशमलव १६ बिन्दुमा रोकिएको हाे ।

नेप्से परिसूचक घटे पनि आज काराेबार रकम भने बढेकाे छ । यस दिन ३२१ कम्पनीकाे १ कराेड १५ लाख १ हजार २ सय ८४ कित्ता सेयर ५ अर्ब ४५ कराेड ९७ लाख ६७ हजार रूपैयाँमा काराेबार भएकाे छ ।

हिजाे ३ सय १४ वटा कम्पनीका ९२ लाख ४३ हजार कित्ता शेयर ४ अर्ब ५७ करोड रुपैयाँमा किनबेच भएको थियाे ।

आज हाेटल, हाइड्राेपावर, माइक्राेफाइनान्स र व्यापार समुह बढेकाेमा बाँकी सबै समुह घटेका छन् । घटेकाे बजारमा हाेटल तथा पर्यटन समुह २.१५ र व्यापार समुहकाे सेयर २ प्रतिशतले बढेकाे छ ।

यस्तै आज अन्य समुहकाे सेयर सर्वाधिक १.२० प्रतिशतले घटेकाे छ ।


प्रतिक्रिया दिनुहोस्