२४ भदौ २०८३, बुधबार

सीइओको सेवा सुविधा बढाएपछि लुम्बिनी विकासलाई राष्ट्र बैंकले गरायो सचेत



काठमाडौं । नेपाल राष्ट्र बैंकले लुम्बिनी विकास बैंकको सञ्चालक समितिलाई सचेत गराएको छ । बैंकले छोटो समयमा नै प्रमुख कार्यकारी अधिकृत (सीईओ)को सेवा सुविधा (तलब) बढाएको पाइएको कारण कारबाही स्वरुप सचेत गराएको हो ।

स्थलगत निरीक्षणमा बैंकले सीईओलाई दोस्रो कार्यकालका लागि पुनर्नियुक्ति गर्दै सेवा सुविधा वृद्धि गरेको देखिएको केन्द्रिय बैंकले जनाएको छ ।

राष्ट्र बैंकले यसलाई बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को दफ २९ को उपदफा ७ मा भएको व्यवस्था उल्लङ्घनको रूपमा व्याख्या गर्दै तत्कालीन सञ्चालक समितिलाई सचेत गराएको जनाएको छ ।