एनएलजी इन्स्योरेन्सको बोनस सेयर नेप्सेमा सूचीकृत
काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनीको बोनस सेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ ।
कम्पनीले २.५० प्रतिशत बापतको बोनस सेयर नेप्सेमा सूचीकृत गराएको हो । बिहीबार कम्पनीले ६ लाख २५ हजार ६६४ कित्ता बोनस सेयर सूचीकृत गराएको छ ।
अब उक्त बोनस सेयर सम्वन्धित सेयरनधनीहरुको हितग्राही खातामा जम्मा भएपछि लगानीकर्ताले खरिदबिक्री गर्न सक्नेछन् ।













