१० श्रावण २०८३, आइतबार

मन्त्रिपरिषद् बैठकका ११ निर्णय सार्वजनिक

मन्त्रिपरिषद् बैठकका ११ निर्णय सार्वजनिक



काठमाडौं । बुधवार (कात्तिक १२ गते) बसेको मन्त्रिपरिषद्को बैठकले गरेका ११ वटा निर्णय सार्वजनिक गरिएको छ ।

बिहीबार मन्त्रालयमा पत्रकार सम्मेलन गरी निर्णयहरू सार्वजनिक गरिएको हो । सरकारले संघीय संसदका पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक र सुविधासम्बन्धी ऐनमा हेरफेर गर्ने निर्णय गरेको छ । त्यस्तै माघ ११ गते राष्ट्रिय सभा सदस्यको रिक्त पदमा निर्वाचन गर्ने निर्णय पनि गरिएको छ ।

त्यसैगरी, मोरक्कोमा आयोजना हुने कार्यक्रममा सहभागी हुन प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) राजन अधिकारीलाई स्वीकृति दिने लगायतका निर्णयहरु गरेका छ ।