७ श्रावण २०८३, बिहिबार

हिमालयन बैंकको १ लाख १९ हजार कित्ता संस्थापक शेयर बिक्रीमा



काठमाडौं । हिमालयन बैंकको १ लाख १९ हजार बढी कित्ता संस्थापक सेयर बिक्रीमा राखिएको छ।

बैंकको संस्थापक समूहको १ लाख १९ हजार ९९७ कित्ता शेयर सर्वसाधारणका लागि बिक्रि खुला गरेकाे हाे । यो शेयरमा इच्छुक अन्य व्यक्ति तथा संस्थाले खरिदका लागि निवेदन पेस गर्न सक्नेछन्।

इच्छुक लगानीकर्ताले काठमाडौंको कमलादीस्थित बैंकको केन्द्रीय कार्यालयमा १५ दिनभित्र निवेदन दिन सक्नेछन्।

यसअघि बैंकले यो शेयर आफ्ना संस्थापक शेयरधनीहरुका लागि बिक्री खुला गरेको थियो। तर, तोकिएको ३५ दिन कुनै पनि संस्थापक शेयरधनीहरु शेयर खरिदका लागि इच्छुक देखिएनन्।


प्रतिक्रिया दिनुहोस्