१० श्रावण २०८३, आइतबार

राष्ट्रपति कार्यालयमा तोडफोड तथा लुटपाट गर्ने ३ जना पक्राउ

राष्ट्रपति कार्यालयमा तोडफोड तथा लुटपाट गर्ने ३ जना पक्राउ



काठमाडौं । गत भदाैं २३ र २४ गते भएकाे जेनजी आन्दोलनको क्रममा राष्ट्रपति कार्यालयमा ताेडफाेड तथा लुटपाट गर्ने ३ जना पक्राउ परेका छन् ।

प्रहरीले राष्ट्रपति कार्यालय शीतल निवासमा तोडफोड र लुटपाट गरेको आरोपमा बैतडीको मेलौली नगरपालिका–७ का १८ वर्षीय विशाल सिंह कार्की, बैतडीकै सुर्नया गाउँपालिका–८ का १९ वर्षीय दीपक बोहरा र बझाङको बित्थडचिर गाउँपालिका–१ का १९ वर्षीय हेमन्त बोहरलाई पक्राउ गरेको हाे ।

उनीहरुविरुद्ध चोरी तथा आपराधिक उपद्रवको कसुरमा काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गरिएको छ ।