१० श्रावण २०८३, आइतबार

जेनजी आन्दोलन : सुरक्षाकर्मीको पेस्तोल लुटपाट र बिक्री प्रकरणमा पाँच जना पक्राउ

जेनजी आन्दोलन : सुरक्षाकर्मीको पेस्तोल लुटपाट र बिक्री प्रकरणमा पाँच जना पक्राउ



काठमाडौं । जेनजी आन्दोलनका क्रममा सुरक्षाकर्मीको पेस्तोल लुटेर बिक्रीमा संलग्न पाँच जना पक्राउ परेका छन् । प्रहरी वृत्त स्वयम्भूको टोलीले उनीहरूलाई काठमाडौंका विभिन्न स्थानबाट पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा धादिङका २१ वर्षीय कृष्ण गुरुङ, काठमाडौंका २५ वर्षीय राजन देउला, भारतको सितामढीका २४ वर्षीय अकबर खान, काठमाडौं बिजेश्वरीका २६ वर्षीय सुमिन शाक्य र नयाँ बानेश्वरका ३८ वर्षीय प्रभात मल्ल रहेका छन् ।

प्रहरीका अनुसार कृष्ण गुरुङ लुटपाटमा प्रत्यक्ष संलग्न थिए भने बाँकी तीन जनाले पेस्तोल बिक्रीमा सहयोग गरेका थिए । मल्ललाई हतियार खरिदकर्ता रहेको खुलेको छ ।

उनीहरूबाट एक थान पेस्तोल, म्यागजिन र १५ राउन्ड गोली बरामद गरिएको छ । पक्राउ परेकामाथि हातहतियार तथा खरखजना ऐनअन्तर्गत काठमाडौं जिल्ला अदालतबाट ६ दिनको म्याद लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।