१० श्रावण २०८३, आइतबार

तिलिचो बेस क्याम्पमा अलपत्र ११ पर्यटकको उद्धार

तिलिचो बेस क्याम्पमा अलपत्र ११ पर्यटकको उद्धार



काठमाडौं । मनाङको ङिस्याङ गाउँपालिका–९ तिलिचो तालको बेस क्याम्पमा हिमपातका कारण अलपत्र परेका ११ जना नेपाली पर्यटकलाई सशस्त्र प्रहरी बलले सुरक्षित उद्धार गरेको छ ।

आज बिहान करिब ६ बजे सशस्त्र प्रहरी उपरीक्षक टोपबहादुर डाँगीको नेतृत्वमा गएको टोलीले उनीहरूलाई उद्धार गरेको हो । अलपत्र परेका मध्ये एक महिला बिरामी र एक पुरुषको खुट्टामा चोट लागेको बताइएको छ । सबैमा अक्सिजन स्तर घटेको पाइएको छ ।

सुरुवाती रूपमा १५ जना (१३ नेपाली र २ चिनियाँ) पर्यटक हराएको जानकारी प्राप्त भए पनि उद्धार टोलीले १३ जनामध्ये ११ नेपाली मात्र भेटेको हो । दुई चिनियाँ पर्यटक भने मौसम खुल्दै गएपछि भ्रमण जारी राख्दै बेस क्याम्पमै बसेका छन् ।