१० श्रावण २०८३, आइतबार

बीपी राजमार्गमा सवारी आवागमन सुचारु

बीपी राजमार्गमा सवारी आवागमन सुचारु



काठमाडाैं । लगातार वर्षका कारण तीन दिनयतादेखि अवरूद्ध बनेको बीपी राजमार्गमा सवारी अवागमन सूचारू भएकाे छ ।

कात्तिक १३ गतेदेखिको वर्षाका कारण राजमार्गको विभिन्न सडक खण्डमा ढुङ्गा खस्ने लेदोसहितको पहिरो खसेर सडक पूर्ण रुपमा अवरुद्ध बनेको थियो ।

बर्षाका कारण बीपी राजमार्ग अन्तरगतको चौकीडाँडा, चारसयबेसीको नाङसाल क्रसर, बोक्सीकुना र माम्तीमा पहिरो खसेर तथा नार्के, पिन्थलीबेशी, विरुवाडाँडा, डालाबेशी लगायतको स्थानमा लेदोको कारण राजमार्ग पूर्णरुपमा अवरुद्ध भएको थियाे। माम्तीको तल्लो भेगमा गत आसोजमा सड़क बगेर बनेको डाइभर्सनमा लेदो सहितको बाढ़ी पसेकोथियाे ।

बीपी राजमार्ग अन्तर्गत काभ्रे जिल्लाभित्रको अवरोध हटाएर सडक सञ्चालन सुरू गरिएकाे बताइएकाे छ ।