३०.७५ अंकले बढ्याे नेप्से, ९ अर्ब नाघ्याे काराेबार - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

३०.७५ अंकले बढ्याे नेप्से, ९ अर्ब नाघ्याे काराेबार



काठमाडाैं । साताको पहिलो कारोबार दिन आइतबार सेयर बजारमा दोहोरो अंकको वृद्धि देखिएको छ । आज सेयर बजार मापक नेप्से परिसूचक ३०.७५ अंकले बढेको छ । गत बिहिबार पनि शेयर बजार परिसूचक नेप्से ३४.२२ अंकले बढेको थियो ।

नेप्से परिसूचकसँगै आज काराेबार रकम पनि बढेकाे छ । यस दिन ३१९ कम्पनीकाे २ कराेड ९७ लाख ३८ हजार १३९ कित्ता सेयर ९ अर्ब २० कराेड ३१ लाख ४६ हजार रूपैयाँकाे काराेबार भएकाे छ ।

गत बिहिबार तीन सय १९ वटा कम्पनीका दुई करोड ६० लाख कित्ता शेयर सात अर्ब ५१ करोड रुपैयाँ भन्दा बढीमा किनबेच भएको थियाे ।

आज सामुदायीक लघुवित्त वित्तिय संस्था, गाेर्खाज फाइनान्स, पञ्चकन्य माई हाइड्रोपावर, पिपुल्स पावर लिमिटेड र तेह्थुम पावर कम्पानी गरी ५ कम्पनीकाे सेयर मूल्यमा सकारात्मक सर्किट लागेकाे छ । यस्तै गुहेश्वरी मर्चन्ट बैंक र उन्नति सहकार्य लघुवित्त वित्तिय संस्थाकाे सेयर मूल्य ९.९८र ९.८८ प्रतिशतले बढेकाे छ ।


प्रतिक्रिया दिनुहोस्