१० श्रावण २०८३, आइतबार

आज साँझदेखि दैनिक हजार थान राहदानी वितरण सुरु हुने

आज साँझदेखि दैनिक हजार थान राहदानी वितरण सुरु हुने



काठमाडौं । राहदानी विभागले आज साँझदेखि दैनिक एक हजार थान विद्युतीय राहदानी वितरण गर्ने व्यवस्था मिलाएको जनाएको छ । सार्वजनिक बिदा बाहेक हरेक दिन सेवा उपलब्ध गराइने भएको हो ।

विभागले नयाँ आपूर्तिकर्तासँग गत साउनमा खरिद सम्झौता गरिसकेको र उक्त सम्झौताअनुसार फागुन ११ गतेदेखि नयाँ प्रणालीमार्फत राहदानी सेवा सुरु हुने तयारी भइरहेको जनाएको छ ।

हाल नयाँ र पुराना आपूर्तिकर्ताबीचको संक्रमणकाल, सीमित राहदानी पुस्तिका र उच्च सेवाग्राही चापका कारण केही समस्या देखिएको विभागले स्वीकार गरेको छ ।

राहदानीको अभाव नहोस् भनेर आवश्यक पहल भइरहेको विभागले अत्यावश्यक आवश्यकता नभएसम्म नयाँ आवेदन नदिन अनुरोध गरेको छ । साथै, राहदानीका नाममा अनधिकृत व्यक्तिबाट ठगी हुन सक्ने भन्दै सर्वसाधारणलाई सतर्क रहन समेत आग्रह गरिएको छ ।