नेप्सेमा गिरावट, ६ अर्बमा झर्‍यो सेयर काराेबार - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

नेप्सेमा गिरावट, ६ अर्बमा झर्‍यो सेयर काराेबार



काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार सेयर बजारमा गिरावट आएको छ । आज नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक ८.२४ अंकले घटेर २६ सय २२ दशमलव ८९ बिन्दुमा रोकिएको छ ।

आइतबार सेयर बजार मापक नेप्से परिसूचक ३० दशमलव ७५ अंकले बढेर २ हजार ६ सय ३१ दशमलव १४ विन्दुमा पुगेको थियो ।

नेप्सेसँगै आज काराेबार रकम पनि घटेकाे छ । यसदिन ३३३ कम्पनीकाे १ कराेड २१ लाख ८ हजार ३८८ कित्ता सेयर खरिद बिक्रि हुँदा ६ अर्ब ५ कराेड २२ लाख २६ हजार रूपैयाँ बराबरकाे काराेबार भएकाे छ ।

हिजो ३ सय १९ वटा कम्पनीका २ करोड ९७ लाख कित्ता शेयर ९ अर्ब २० करोड रुपैयाँमा किनबेच भएको थियो ।

यसदिन विकास बैंक, हाेटल तथा पर्यटन, उत्पादन तथा पर्यटन, म्युच्युअल फण्ड, अन्य र व्यापार समुहकाे सेयर मूल्य बढेकाे छ भने बाँकी सबै समुहकाे सेयर मूल्य घटेकाे छ ।


प्रतिक्रिया दिनुहोस्