१० श्रावण २०८३, आइतबार

जेनजी आन्दोलनमा प्रहरी हत्या आरोपमा पाँच जना कारागार चलान

जेनजी आन्दोलनमा प्रहरी हत्या आरोपमा पाँच जना कारागार चलान



काठमाडौं । जेनजी आन्दोलनको क्रममा तीन प्रहरीको हत्या आरोपमा पाँच जनालाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ ।

असई मिलन राय, जवान उत्तम थापा र सहायक हवल्दार अमृत गुरुङको हत्या गर्नेलाई कारागार चलान गरिएको हो ।
असई रायको हत्या आरोपमा सिन्धुपाल्चोकका ६२ वर्षीय होमप्रसाद पौडेल र उदयपुरका २८ वर्षीय टिकाराम विक पक्राउ परेका थिए । उनीहरूविरुद्ध कर्तव्य ज्यान र आपराधिक उपद्रवको मुद्दा दर्ता भएको छ ।

जवान उत्तम थापाको हत्या आरोपमा काभ्रेका २८ वर्षीय युवराज क्याप्छाकी र मकवानपुरका २१ वर्षीय सोनाम तामाङ (बुद्धिलाल थिङ) कारागार चलान भएका छन् ।
यता, सहायक हवल्दार अमृत गुरुङको हत्या आरोपमा कैलालीका १९ वर्षीय अनुयम भण्डारी पनि कारागार चलान भएका छन् ।
जिल्ला प्रहरी परिसर काठमाडौंकाका अनुसार अहिले पनि सोम गुरुङ, राजिव गुरुङ, युनिक श्रेष्ठ, सुमित तितुङ, दीपक मगर, अलिश श्रेष्ठ र सौरभ तामाङ हिरासतमा छन्। उनीहरूको अनुसन्धान अन्तिम चरणमा पुगेको र केही दिनमै मुद्दा दर्ता गरिने तयारी भइरहेको छ।
जेनजी आन्दोलनमा कुल ७६ जनाको मृत्यु भएको थियो ।