जेनजी आन्दोलन छानबिन आयोगको वैधानिकतामा सर्वोच्चले दिएन अन्तरिम आदेश
काठमाडौं । गत भदौ २३ र २४ जेनजी आन्दोलनका घटनाबारे छानबिन गर्न गठित गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगविरुद्ध दायर रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।
अधिवक्ता विपीन ढकालले आयोगको वैधानिकतामा प्रश्न उठाउँदै रिट दायर गरेका थिए ।
उनका अनुसार आयोग अध्यक्ष कार्कीले नियुक्त हुनुअघि नै कसलाई कस्तो कारबाही गर्ने भन्ने पूर्वधारणा राखेको र नियुक्तिपछि त्यसैअनुसार कार्यान्वयन सुरु गरेको दावी गरिएको थियो ।
सोमबार न्यायाधीश हरिप्रसाद फुयाल र अब्दुलअजिज मुसलमानको इजलासले अन्तरिम आदेश अस्वीकृत गरेको छ । मुद्दा पूर्ण इजलासमा पठाउने निर्णय गरेको छ। इजलासले मुद्दामा उठेका विषय गम्भीर भएकाले ठूला इजलासबाट निर्णय लिन उपयुक्त हुने बताइएको छ ।













