सात वर्षपछि जेलमुक्त हुँदै पूर्वबैंकर ज्ञवाली
सात वर्षपछि जेलमुक्त हुँदै पूर्वबैंकर ज्ञवाली
काठमाडौं । पूर्वबैंकर कमलप्रसाद ज्ञवालीलाई सर्वोच्च अदालतले परमादेश जारी गर्दै रिहाइको बाटो खोलेको छ । सात वर्षदेखि जेलमा रहेका ज्ञवालीलाई छोड्न अदालतले परमादेश जारी गरेको हो ।
न्यायाधीश हरिप्रसाद फुयाल र अब्दुल अजीज मुसलमानको संयुक्त इजलासले सोमबार परमादेश जारी गरेको हो । ज्ञवालीकी श्रीमती गौरी खनाल ज्ञवालीले सर्वोच्च अदालतमा बंदीप्रत्यक्षीकरण रिट दायर गरेकी थिइन् ।
ज्ञवालीलाई ऋण दुरुपयोगको अभियोगमा २०७३ असोजमा उच्च अदालत वाणिज्य इजलास पाटनले जेल र जरिवानाको सजाय सुनाएको थियो ।













