दशैं नजिकिँदै जाँदा सुन ओरालो लाग्न थाल्यो, बिहीबार तोलामा २ सयले घट्यो

काठमाडौं । दशैँ नजिकिँदै जाँदा सुनको भाउ लगातार ओरालो लाग्न थालेको छ । बिहीबार सुनमा केही गिरावट आएको छ । बुधबार ९४ हजार १ सयमा कारोवार भएको छापावाल सुन बिहीबार भने २ सयले घटेर ९३ हजार ९ सय मा कारोवार भैरहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुन प्रतितोला ९३ हजार ९ सय पुगेको छ । त्यसैगरी तेजाबी सुन प्रतितोला ९३ हजार ४ सयमा कारोवार भएको छ । त्यसैगरी चाँदीमा प्रतितोला ५ रुपैयाले बढेको छ । चाँदी तोलामा पाँच रुपैयाँले बढेर प्रतितोला एक हजार १ सय ८० रुपैयाँमा कारोवार भैरहेको छ ।