मेरो सेयरको पासवर्ड विर्सनुभयो ? अव सय पटकसम्म रिसेट गर्न सकिने « Arthapath.com
८ असार २०८२, आईतबार

मेरो सेयरको पासवर्ड विर्सनुभयो ? अव सय पटकसम्म रिसेट गर्न सकिने



काठमाडौं । मेरो सेयरको पासवर्ड विर्सनुभयो ? अव चिन्ता नलिनुहोस । यसअघि १० पटकसम्म रिसेट गर्न सकिने मेरो सेयरको पासवर्ड अव १ सय पटकसम्म रिसेट गर्न सकिने व्यवस्था सिडिएसले गरेको छ ।

सेयर बजारमा अहिले खुलेको आएईपिओमा लगानीकर्ताहरूले मेरो सेयरको पासवर्ड विर्सिएर मर्चेन्ट बैंकिङमा लामो लाइन बस्नुपर्ने व्यवस्था अव हट्ने भएको छ । लगानीकर्ताले राखेको पासवर्ड बिर्सिए अब एक सय पटकसम्म पुनः प्रयास गर्न पाउने भएका छन् ।

लगानीकर्ताको सहजताका लागि मेरो सेयरको प्रणालीमा सुविधा उपलब्ध गराएको सीडीएससीले जनाएको छ । मेरो सेयर प्रयोगकर्ताले यसअघि पासवर्ड बिर्सिएमा १० पटकभन्दा बढी प्रयास गर्न पाउँदैन थिए । १० पटकसम्म कोसिस गर्दा पनि पासवर्ड नमिले नयाँ पासवर्ड लिनुपर्ने हुन्थ्यो । अब भने लगानीकर्ताले आफ्नो पासवर्ड बिर्सिए वा अन्योल भए सय पटकसम्म कोसिस गर्न सक्ने भएका हुन् ।

सय पटकसम्म प्रयास गर्दा पनि नमिलेको खण्डमा भने वार्निङ आएर क्यान्सिल हुने सीडीएका प्रवक्ता सुरेश न्यौपानले बताए । साथै, मेरो सेयरको पासवर्ड तीन, तीन महिनामा परिवर्तन गर्नुपर्ने यसअघिको व्यवस्थालाई पनि बढाएर ६ महिना पु¥याएको उनले जानकारी दिए । यसले पनि नियमित सक्रिय नरहने लगानीकर्तालाई सुविधा पुग्नेछ ।


प्रतिक्रिया दिनुहोस्