नेपाल इन्स्योरेन्सको ४० प्रतिशत हकप्रद सेयर सूचीकृत - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

नेपाल इन्स्योरेन्सको ४० प्रतिशत हकप्रद सेयर सूचीकृत



काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडको हकप्रद सेयर सेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ ।

मंगलबार कम्पनीको ४० प्रतिशत बापतको हकप्रद सेयर सूचीकृत गराएको हो । कम्पनीको ६५ लाख ७६ हजार ९६७.७६ कित्ता हकप्रद सेयर सूचीकृत भएको हो ।

अब उक्त हकप्रद सेयर सम्वन्धित सेयरधनीको हितग्राही खातामा जम्मा भएपछि लगानीकर्ताले खरिदबिक्री गर्न सक्नेछन् ।


प्रतिक्रिया दिनुहोस्