१० श्रावण २०८३, आइतबार

३५१ कार्टुन अवैध चिनियाँ मदिरा बरामद



काठमाडौं । जिल्ला प्रहरी कार्यालय हुम्लाले विभिन्न स्थानबाट ठूलो परिमाणमा अवैध चिनियाँ मदिरा बरामद गरेको छ ।

डीएसपी शंकर पोखरेलको नेतृत्वमा खटिएको प्रहरी टोलीले मंगलबार राति ३५१ कार्टुन (४ हजार २१२ बोतल) मदिरा नियन्त्रणमा लिएको हो ।

हिल्सा नाकादेखि नाम्खा गाउँपालिका–५ ढाडकेर्मी र तुम्कोटलगायतका स्थानमा लुकाइछिपाई ल्याइएको मदिरा बरामद गरिएको प्रहरीले जनाएको छ । प्रत्येक बोतलको मूल्य करिब ४ सय रुपैयाँका दरले बरामद मदिराको कुल मूल्य करिब १६ लाख ८४ हजार ८०० रुपैयाँ बराबर रहेको प्रहरीले बताएको छ ।

बेवारिसे अवस्थामा भेटिएको करिब २ हजार २२ लिटर अखाद्य चिनियाँ मदिरा बरामद गरिएको र त्यसलाई नष्ट गर्ने तयारी भइरहेको छ ।