बुधबार पनि ताेलामा ११०० रूपैयाँ घट्याे सुनकाे भाउ, कतिमा हुँदैछ काराेबार ? - Arthapath.com Arthapath.com
७ श्रावण २०८३, बिहिबार

बुधबार पनि ताेलामा ११०० रूपैयाँ घट्याे सुनकाे भाउ, कतिमा हुँदैछ काराेबार ?



काठमाडौं । बुधबार पनि नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । मंगलबार प्रतिताेला १४०० रूपैयाँ घटेकाे सुनकाे भाउ आज पनि ताेलामा ११०० रूपैयाँ घटेकाे छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा २ लाख ३७ हजार २०० रुपैयाँ कायम भएको छ । मंगलबार छापावाल सुन प्रतितोला २ लाख ३८ हजार ३०० रुपैयाँका कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि तोलामा २५ रुपैयाँले घटेको छ । मंगलबार प्रतितोला ३ हजार १५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य बुधबार तोलामा २ हजार ९९० रुपैयाँ कायम भएको हो ।


प्रतिक्रिया दिनुहोस्