१० श्रावण २०८३, आइतबार

नयाँ हुन्डाई भेन्यु भारतमा सार्वजनिक



काठमाडौं । हप्तौँदेखि जारी टीजर र झलकहरूपछि, हुन्डाई इन्डियाले अन्ततः नयाँ पुस्ताको २०२५ हुन्डाई भेन्यु सार्वजनिक गरेको छ, जसको सुरुवाती मूल्य भा.रु. ७.९० लाख (एक्स-शोरुम) राखिएको छ। नयाँ भेन्यु आठवटा भेरियन्ट र आठवटा रंग विकल्पहरूमा उपलब्ध छ, साथै तीनवटा पावरट्रेन विकल्पहरूसँग आउँछ।

बाहिरी रूपमै हेर्दा, २०२५ भेन्युलाई नयाँ फ्रन्ट र रियर बम्पर, आकर्षक एलइडी हेडलाइट, नयाँ डीआरएल, एलइडी टेललाइट, नयाँ ग्रिल, १७-इन्चको डुअल-टोन एलोय ह्विल, र टेलगेटमा बोल्ड “भेन्यु” लेखिएको कनेक्टेड एलइडी लाइट बारले अझ आधुनिक बनाएको छ। यो एसयूभी हेजल ब्लू, मिस्टिक सफायर, एटलस ह्वाइट, टाइटन ग्रे, ड्र्यागन रेड, एबिस ब्ल्याक, र दुई डुअल-टोन विकल्पहरू हेजल ब्लु/ब्ल्याक रूफ र एटलस ह्वाइट/ब्ल्याक रूफमा उपलब्ध छ ।

भेन्युको क्याबिन अब नयाँ स्तरमा पुगेको छ, जहाँ नयाँ ड्यासबोर्ड लेआउटमा दुईवटा १२.३-इन्चका कर्भ्ड स्क्रिनहरू राखिएको छ। नयाँ सेन्टर कन्सोल डिजाइन, तीन-स्पोक स्टीयरिङ ह्विल, र भेन्टिलेटेड फ्रन्ट सिटहरूले क्याबिनलाई थप आरामदायी र आधुनिक बनाएका छन्।

टेक-प्रेमी प्रयोगकर्ताहरूका लागि लेवल २ एडीएस, ब्यु लिङ्क कनेक्टिभिटी, ओटीए अपडेटहरू, र वायरलेस एप्पल कारप्ले तथा एन्ड्रेइड अटो जस्ता सुविधाहरू उपलब्ध छन्। अन्य प्रमुख फिचरहरूमा ड्राइभ र ट्र्याक्सन मोड, छवटा एयरब्याग, ३६०-डिग्री क्यामेरा, ब्लाइन्ड-स्पट मोनिटर, र इलेक्ट्रिक सनरूफ पनि समावेश छन्। नयाँ भेन्यु HX2, HX4, HX5, HX6, HX6T, HX7, HX8, र HX10 गरी आठ भेरियन्टहरूमा उपलब्ध छ ।

ह्युन्दाईले आफ्नो भरपर्दो इन्जिन विकल्पहरू कायम राखेको छ, जसमा अब नयाँ ६-स्पीड टर्क कनभर्टर अटोमेटिक विकल्प पनि थपिएको छ। पावरट्रेन विकल्पहरूमा १.२-लिटर NA पेट्रोल (८२ bhp / ११४ Nm) – ५-स्पीड म्यानुअल, १.०-लिटर टर्बो पेट्रोल (११८ bhp / १७२ Nm) – ६-स्पीड म्यानुअल वा ७-स्पीड DCT र १.५-लिटर डिजेल (११४ bhp / २५० Nm) – ६-स्पीड म्यानुअल वा अटोमेटिक रहेके छ ।

२०२५ हुन्डाई भेन्यु ले कम्प्याक्ट एसयुभी सेग्मेन्टमा नयाँ मापदण्ड स्थापित गर्दै, अब किया सोनेट, मारुति ब्रेज्जा, टाटा नेक्सन, स्कोडा काइल्याक, रेनो काइगर, निसान म्याग्नाइट, र महिन्द्रा एक्सयुभी 3XO जस्ता मोडलहरूसँग प्रत्यक्ष प्रतिस्पर्धा दिन आएको छ।