नबिल बैंकले कमायो १ अर्ब ७५ करोड नाफा, तीन महिनामै उठायो झन्डै ४ अर्ब ब्याज
काठमाडाैं । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा नबिल बैंक लिमिटेडकाे खुद नाफा घटेकाे छ ।
बैंकले सार्वजनिक गरेकाे पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणअनुसार गत आर्थिक वर्षको सोही अवधिको तुलनामा बैंककाे खुद् नाफा १४.५७ प्रतिशत घटेकाे छ ।
चालु आर्थिक वर्षको पहिलो ३ महिनासम्ममा बैंकले १ अर्ब ७५ करोड ६९ लाख रुपैयाँ खुद नाफा कमाएको छ। गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले २ अर्ब ५ करोड ६५ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।
यस्तै यस अवधिमा बैंकको खुद ब्याज आम्दानी ५.७७ प्रतिशत घटेर ३ अर्ब ९० कराेड १२ लाख ६० हजारमा खुम्चिएकाे छ ।
यस्तै बैंकको कुल सञ्चालन आम्दानी समीक्षा अवधिमा १.०३ प्रतिशत घटेर ५ अर्ब २७ कराेड ४१ लाख र सञ्चालन मुनाफा १०.८४ प्रतिशत घटेर २ अर्ब ५७ कराेड ९८ लाख ८६ हजारमा झरेकाे छ ।
यता खुद फि तथा कमिशन आम्दानी ६.२९ प्रतिशत बढेर ७९ कराेड ८७ लाख २८ हजार रूपैयाँ रहेकाे छ।
यस्तै समिक्षा अवधिमा बैंकको वितरणयोग्य मुनाफा ५ अर्ब ६३ करोड ५२ लाख रुपैयाँ र वितरणयोग्य प्रतिशेयर आम्दानी ३० रुपैयाँ १५ पैसा रहेको छ।
बैंकको इम्पेरमेन्ट चार्ज भने ४५ करोड ७७ लाख रुपैयाँबाट बढेर ६४ करोड ७२ लाख रुपैयाँ पुगेको छ।
नाफासँगै बैंकको प्रतिशेयर आम्दानी पनि घटेको छ। समीक्षा अवधिमा बैंकको प्रतिशेयर आम्दानी ३ रुपैयाँ ८६ पैसा घटेर २५ रुपैयाँ ९७ पैसामा सीमित भएको छ।
यस्तैयस अवधिमा बैंकको प्रतिशेयर नेटवर्थ २४० रुपैयाँ ७२ पैसा र मूल्य आम्दानी अनुपात १९.९७ गुणा रहेको छ।
२७ अर्ब ५ करोड ६९ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोषमा ३८ अर्ब ७ करोड ५१ लाख रुपैयाँ सञ्चित छ। बैंकले पहिलो त्रैमासको अन्त्यसम्ममा ५ खर्ब ५६ अर्ब रुपैयाँ निक्षेप संकलन गरी ४ खर्ब २१ अर्ब रुपैयाँ कर्जा परिचालन गरेको छ।













