आईपीओ निष्कासनको प्रस्तावसहित दार्चुला पावरले डाक्यो नवौं वार्षिक साधारणसभा
काठमाडाैं । दार्चुला पावर लिमिटेडले आईपीओ निष्कासनको प्रस्ताव सहित नवौं वार्षिक साधारणसभा बोलाएको छ। साधारणसभा मंसिर १२ गते गौशालास्थित होटल क्रिस्टल पशुपतिमा बिहान ११ बजेदेखि सुरु हुनेछ।
सभामा साधारण सेयरको प्रारम्भिक सार्वजनिक निष्कासन ९आईपीओ० जारी गर्ने प्रस्ताव मुख्य एजेन्डाका रूपमा प्रस्तुत गरिनेछ। सोसंगै आईपीओ जारी गर्न कम्पनीको पूँजी संरचना वृद्धि गर्ने, प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने र समान उद्देश्य भएका कम्पनीहरूसँग मर्जर (गाभ्ने/गाभिने) सम्बन्धी प्रक्रिया अघि बढाउन सञ्चालक समितिलाई अधिकार प्रदान गर्ने प्रस्तावहरू पनि सभामा छलफलका लागि प्रस्तुत गरिने छन्।
त्यसैगरी, गत आर्थिक वर्षको अध्यक्षद्वारा प्रस्तुत वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन, वासलात, नाफा–नोक्सान विवरण र नगद प्रवाह विवरणमाथि छलफल गरी स्वीकृति प्रदान गरिनेछ। साथै, चालू आर्थिक वर्षका लागि नयाँ लेखापरीक्षक नियुक्त गरी उनको पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि सभामा रहने कम्पनीले जनाएको छ।













