सागर डिष्टिलरीको शेयर नेप्सेमा सूचीकृत
काठमाडाैं । सागर डिष्टिलरी लिमिटेडको शेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएकाे छ । कात्तिक २० गते, बिहीबार कम्पनीको ७२ लाख ६० हजार कित्ता शेयर नेप्सेमा सूचीकृत भएको हो।
कम्पनीले सर्वसाधारणमा जारी गरेको १४ लाख ५२ हजार कित्ता र संस्थापक शेयरधनीहरुले लगानी गरेको ५८ लाख ८ हजार कित्ता शेयर नेप्सेमा सूचीकृत भएको हो।
पहिलो कारोबारको लागि नेप्सेले कम्पनीलाई १०६ रुपैयाँ ५२ पैसादेखि ३१९ रुपैयाँ ५६ पैसासम्मको ओपनिङ्ग रेञ्ज प्रदान गरेको छ।
सोही रेञ्जका आधारमा आगामी आइतबारको स्पेशल प्रि ओपन सेसनमा कारोबार भएपश्चात नियमित दोस्रो बजारमा कम्पनीको शेयर कारोबार हुनेछ। नेप्सेले कम्पनीलाई एसएजीएआर स्टक टिकर प्रदान गरेको छ।













