दाेहाेराे अंकले घट्याे नेप्से, काराेबार भने साढे ५ अर्ब नजिक - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

दाेहाेराे अंकले घट्याे नेप्से, काराेबार भने साढे ५ अर्ब नजिक



काठमाडों । साताको अन्तिम कारोबार दिन सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । आज सेयर बजार मापक नेप्से परिसूचक ११.२९ अंकले घटेर २५ सय ९६ दशमलव १२ बिन्दुमा रोकिएको छ ।

नेप्से परिसुचक घटेपनि यसदिन कारोबार रकम भने बढेको छ । आज ३२० कम्पनीको १ कराेड ८ लाख ६१ हजार १४६ कित्ता सेयर खरिद बिक्रि हुँदा ५ अर्ब ४१ करोड ६९ लाख ३९ हजार रूपैयाँको कारोबार भएको छ ।

हिजो ३१२ कम्पनीको ९० लाख १८ हजार ८१० कित्ता सेयर खरिद बिक्रि हुँदा ४ अर्ब ६८ करोड १९ लाख २२ हजार रूपैयाँको कारोबार भएको थियो ।

यसदिन उत्पादन तथा प्रशाेधन र म्युच्युअल फण्ड समुह बाहेक सबै समुहको सेयर घटेका छन् ।

आज दरमखाेला हाइड्राे इनर्जी लिमिटडकाे सेयर मूल्यमा कारात्मक सर्किट लागेकाे छ भने माबिलुङ इनर्जी लिमिटेडकाे सेयर मूल्य ९.९९ प्रतिशत बढेकाे छ ।


प्रतिक्रिया दिनुहोस्