स्ट्यान्डर्ड चार्टर्ड बैंककाे नयाँ निर्देशकमा विद्या कुमार नियुक्त
काठमाडौं । स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेडको निर्देशकमा स्ट्यान्डर्ड चार्टर्ड बैंक, युके (प्रवर्द्धक शेयरधनी) काे तर्फबाट विद्या कुमार नियुक्त भएकी छन् ।
यसअघि सो पदमा रहेकी अन्कुर खुरानाकाे स्थानमा कुमारलाई नियुक्त गरीएकाे हाे।
बैंकका अनुसार विद्या कुमारले ५ नोभेम्बर २०२५ देखि औपचारिक रूपमा जिम्मेवारी सम्हाल्नेछिन्। उनी सञ्चालक समितिको सदस्यका साथै बोर्ड अडिट समितिकी अध्यक्ष पनि हुनेछिन्।
स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपालले विज्ञप्ति जारी गर्दै नयाँ नियुक्तिबाट बैंकको सुशासन, पारदर्शिता र नियामक अनुपालन अझ सुदृढ हुने विश्वास व्यक्त गरेको छ।













