चीनले स्थगित गर्‍यो दुर्लभ खनिज अमेरिका निर्यातमा लगाएको प्रतिबन्ध - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

चीनले स्थगित गर्‍यो दुर्लभ खनिज अमेरिका निर्यातमा लगाएको प्रतिबन्ध



काठमाडाैं । चीनले अमेरिकातर्फ ग्यालियम, जर्मेनियम, एन्टिमोनी तथा “दुई प्रयोजनका वस्तुहरू” सम्बन्धी निर्यातमा लगाइएको प्रतिबन्ध हटाएकाे छ ।

आइतबारदेखि लागू हुने गरी चीनले दुर्लभ खनिज अमेरिका निर्यातमा लगाएको प्रतिबन्ध हटाएको चीनको वाणिज्य मन्त्रालयलाई उद्धृत गर्दै राेयटर्सले लेखेकाे छ ।

मन्त्रालयका अनुसार यो प्रतिबन्ध फुकुवा नभइ स्थगन मात्र हाे । आइतबारदेखि लागू हुने फुकुवाकाे निर्णय २०२६ नोभेम्बर २७ सम्म कायम रहनेछ। चीनले यो प्रतिबन्ध सन् २०२४ डिसेम्बरमा घोषणा गरेको थियो।

मन्त्रालयले उक्त प्रतिबन्धसँगै घोषणा गरिएका अमेरिकातर्फ “दुई प्रयोजनका ग्रेफाइट” निर्यातका लागि अन्तिम प्रयोगकर्ता र प्रयोग उद्देश्यबारे कडा जाँचका प्रावधानहरू पनि स्थगित गरेको छ।

चीनले शुक्रबार अक्टोबर ९ मा लागू गरेको दुर्लभ पृथ्वी खनिज तथा लिथियम ब्याट्री सामग्रीमा लगाइएको अतिरिक्त नियन्त्रणहरू स्थगित गरेको थियो।

राष्ट्रपति सी जिनपिङ र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच भएकाे व्यापार युद्धविराम सम्झौतापछि चीनले यस्ताे निर्णय गरेकाे हाे ।


प्रतिक्रिया दिनुहोस्