नेप्से घट्ने क्रम रोकिएन, कारोबार रकममा पनि गिरावट
काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार पनि सेयर बजारमा गिरावट आएको छ । आज नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक ५.८० अंकले घटेर २५ साय ६० दशमलव २९ बिन्दुमा झरेको छ ।
नेप्से परिसूचकसँगै आज कारोबार रकम पनि घटेको छ । यसदिन ३२५ कम्पनीको ८६ लाख ४७ हजार ८८९ कित्ता सेयर खरिद बिक्रि हुँदा ४ अर्ब ५१ करोड ४४ लाख ८ हजार रूपैयाँको कारोबार भएको छ ।
हिजो ३२२ कम्पनीको १ करोड ६ लाख १९ हजार १८० कित्ता सेयर खरिद बिक्रि हुँदा ४ अर्ब ९० करोड ७६ लाख २४ हजार रूपैयाँको कारोबार भएको थियो ।
सेयर बजार घटेकाे दिन आज हाेटल तथा पर्यटन समुह १.६४ प्रतिशत बढेकाे छ । आज हाेटल तथा पर्यटन, लगानी र व्यापार समुह बढेकाेमा बाँकी सबै समुह घटेका छन् ।
यसदिन दरमखाेला हाइड्राे इनर्जी, सागर डिष्टिलेर र बैगल हाइड्राेपावरकाे सेयर मूल्य ९.९९ प्रतिशत बढेकाे छ ।
यस्तै माबिलुङ इनर्जीकाे सेयर यूल्य ९.९८, सिटी हाेटलकाे ९.९४ र १० प्रतिशत एनआइएमबी डिबेञ्चर २०९० काे सेयर मूल्य ९.८६ प्रतिशत बढेकाे छ ।













