सानिमा जनरल इन्सुरेन्सको आइपीओमा ४.५६ गुणा बढी आवेदन « Arthapath.com
२२ असार २०८२, आईतबार

सानिमा जनरल इन्सुरेन्सको आइपीओमा ४.५६ गुणा बढी आवेदन



काठमाडौं । सानिमा लाईफ ईन्स्योरेन्समा बिहीबार साँझ ५ बजेसम्ममा ५ लाख ६१ हजार ७०० जनाले १ करोड २४ लाख ७० हजार ९०० कित्ताका लागि आवेदन दिएका छन् । यो सर्वसाधारको लागि बिक्री खुला गरिएको कुल २७ लाख ३० हजार कित्तालाई आधार मान्दा ४.५६ गुणा बढी आवेदन हो । कम्पनीको आइपीओमा १ अर्ब २४ करोड ७० लाख ९० हजार रुपैयाँ बराबरको आवेदन परको बिक्री प्रबन्धक एनआइसी एसिया क्यापिटलले जनाएको छ ।

कम्पनीले बुधबार (असोज २१ गते) बाट १ सय रुपैयाँ अंकित मूल्यमा ३० करोड रुपैयाँ बराबरको ३० लाख कित्ता आइपीओ बिक्रीमा ल्याएको थियो । कुल ३० लाख कित्तामध्ये ४५ अर्थात् १ लाख २० हजार कित्ता सेयर कम्पनीका कर्मचारीको लागि छुट्याएको छ । त्यस्तै, ५५ अर्थात् १ लाख ५० हजार कित्ता म्युचुअल फण्डहरुका लागि सुरक्षित गरिएको छ । बाँकी २७ लाख ३० हजार कित्तामा सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।


प्रतिक्रिया दिनुहोस्