व्यक्तिको जग्गा प्रयोग गरे बापत सरकारले १ करोड क्षतिपुर्ति दिने
काठमाडौं । व्यक्तिको जग्गा प्रयोग गरेवापत सरकारले १ करोड क्षतिपुर्ति दिने भएको छ ।
सरकारले स्याङ्जाका श्यामप्रसाद श्रेष्ठलाई १ करोड रुपैयाँ क्षतिपूर्ति दिने निर्णय गरेको हो । कात्तिक २४ गते सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेका हो ।
‘जग्गा धनी श्याम प्रसाद श्रेष्ठलाई हाल जिल्ला प्रशासन कार्यालय, स्याङ्जाको कार्यालय रहेको जग्गाको क्षतिपुर्ति बापत एक करोड रुपैयाँ उपलब्ध गराउने’, निर्णयमा भनिएको छ ।













