झापा इनर्जीको शेयर नेप्सेमा सूचीकृत, आइतबारदेखि काराेबारमा आउने - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

झापा इनर्जीको शेयर नेप्सेमा सूचीकृत, आइतबारदेखि काराेबारमा आउने



काठमाडाैं । झापा इनर्जी लिमिटेडको शेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ। कात्तिक २८ गते, शुक्रबार कम्पनीको ३८ लाख १ हजार ९०० कित्ता शेयर नेप्सेमा सूचीकृत भएको हो।

कम्पनीले सर्वसाधारणमा जारी गरेको ९ लाख ५० हजार ४७५ कित्ता र संस्थापक शेयरधनीहरुले लगानी गरेको २८ लाख ५१ हजार ४२५ कित्ता शेयर गरी कुल ३८ लाख १ हजार ९०० कित्ता शेयर नेप्सेमा सूचीकृत भएको हो।

पहिलो कारोबारको लागि नेप्सेले कम्पनीलाई १०० रुपैयाँ १२ पैसादेखि ३०० रुपैयाँ ३६ पैसासम्मको ओपनिङ्ग रेञ्ज प्रदान गरेको छ।

सोही रेञ्जका आधारमा आगामी आइतबारको स्पेशल प्रि ओपन सेसनमा कारोबार भएपश्चात नियमित दोस्रो बजारमा कम्पनीको शेयर कारोबार हुनेछ।


प्रतिक्रिया दिनुहोस्