सुनकाे मूल्य आज एकैदिन करिब ७००० रूपैयाँ घट्याे, कतिमा हुँदैछ काराेबार ? - Arthapath.com Arthapath.com
७ श्रावण २०८३, बिहिबार

सुनकाे मूल्य आज एकैदिन करिब ७००० रूपैयाँ घट्याे, कतिमा हुँदैछ काराेबार ?



काठमाडौं । आइबार नेपाली बजारमा सुनको मूल्यमा भारी गिरावट आएको छ । गत शुक्रबार ५०० रूपैयाँ घटेकाे सुनकाे मूल्य आज एकैदिन ६ हजार ९०० रूपैयाँ घटेकाे छ ।

गत बिहिबार सुनकाे मूल्य एकैदिन ५ हजार ९०० रूपैयाँ बढेको थियाे ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य २ लाख ४२ हजार ८०० रूपैयाँ तोकिएको छ ।

अघिल्लाे काराेबार दिन छापावाल सुन प्रतितोला २ लाख ४९ हजार ७०० रूपैयाँमा कारोबार भएको थियो ।

यस्तै आज चाँदीको मूल्य प्रतितोला १५० रूपैयाँ घटेको छ । आज चाँदीको मूल्य प्रतितोला ३ हजार १ सय ३५ रूपैयाँ तोकिएको छ । गत शुक्रबार चाँदी ३ हजार २ सय ८५ रूपैयाँमा कारोबार भएको थियो ।


प्रतिक्रिया दिनुहोस्