साेमबार बढ्याे सुन-चाँदीकाे मूल्य, कतिमा हुँदैछ काराेबार ?
काठमाडौं । साेमबार नेपाली बजारमा सुनकाे मूल्य बढेकाे छ । आइतबार एकैिदन ६ हजार ९०० रूपैयाँ घटेको सुनको भाउ आज ५०० रूपैयाँ बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनकाे भाउ प्रतिताेला २ लाख ४३ हजार ३०० रूपैयाँ ताेकिएकाे छ ।
हिजाे सुनकाे मूल्य एकैदिन ६ हजार ९०० रूपैयाँले घटेर २ लाख ४२ हजार ८०० रूपैयाँ ताेकिएकाे थियाे ।
यस्तै आज चाँदीको मूल्य प्रतितोला २० रूपैयाँ बढेको छ । हिजाे चाँदीको मूल्य प्रतितोला ३ हजार १ सय ३५ रूपैयाँ तोकिएमा आज ३ हजार १ सय ५५ रूपैयाँमा काराेबार भइरहेकाे छ ।













