९ श्रावण २०८३, शनिबार

एनपीएलको सबै टिकट ‘सोल्ड आउट’, मैदान वरपर भीडभाड नगर्न प्रहरीको आग्रह



दोस्रो चरणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट आजदेखि कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा सुरु हुँदैछ ।

एनपीएलको सुरूवाती खेलको टिकट सबै बिक्री (सोल्ड आउट) भइसकेको हुँदा त्रिवि मैदान वरपर नजान प्रहरीले अनुरोध गरेको छ।

पहिलो दिनको सबै टिकट बिक्री भइसकेकाले मैदानबाहिर अरू व्यक्तिहरूले भीडभाड नगरी सूरक्षा व्यवस्थापनमा सहयोग गरिदिन प्रहरीले आग्रह गरेको हो ।

“आज मिति २०८२ मंसिर १ गते कीर्तिपुरस्थित ९टीयू० खेल मैदानमा हुने नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगिताको आजको सम्पूर्ण टिकटहरू सोल्ड आउट भइसकेको जानकारी प्राप्त भएकोले टिकट नभएका महानुभावहरू उक्त स्थान वरपर भीडभाड नगरी सुरक्षा व्यवस्थापन गर्ने कार्यमा सहयोग गरिदिनुहुन अनुरोध गर्दछौँ,” जिल्ला प्रहरी परिसर काठमाडौंले जारी गरेको सूचनामा भनिएको छ ।

आज अपराह्न ४ बजे पहिलो संस्करणको बिजेता जनकपुर बोल्ट्स र काठमाडौं गोर्खाजबीच प्रतिस्पर्धा हुँदैछ।


प्रतिक्रिया दिनुहोस्