आईपीओ निष्कासन गर्दै सेवा हाइड्रोपावर - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

आईपीओ निष्कासन गर्दै सेवा हाइड्रोपावर



काठमाडौं । सेवा हाइड्रोपावर लिमिटेडले आईपीओ निष्कासनको प्रस्ताव सहित मंसिर २७ गते चौधौं वार्षिक साधारणसभा बोलाएको छ।

साधारणसभा काठमाडौंको बानेश्वरस्थित कम्पनी रजिष्टर्डको कार्यालयमा बिहान १० बजेदेखि शुरू हुनेछ।

सभाले प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) जारी गर्ने, सञ्चालक समितिलाई अख्तियारी दिने, गत आवको वित्तीय विवरण पारित गरी चालू आवको लागि लेखापरीक्षक नियुक्ति गर्ने प्रस्ताव पारित गर्नेछ।


प्रतिक्रिया दिनुहोस्