७ श्रावण २०८३, बिहिबार

सुत्केरीको हेलिकप्टरमार्फत उद्धार



काठमाडौं। सिन्धुपाल्चोकमा हेलिकप्टर मार्फत शिशुसहित सुत्केरी महिलाको उद्धार गरिएको छ । हेलम्बु गाउँपालिका २ निवासी सोनिया जोगीको हेलिकप्टरमार्फत आज उद्धार गरिएको हो ।
सुत्केरी ब्यथा लागेपछि एम्बुलेन्समार्फत विष्णु दल गण मेलम्ची ल्याइएको र त्यही सुत्केरी भएकि महिलाको हेलिकप्टरमार्फत उद्धार गरिएको हो ।

आमाको भन्दा पनि बच्चाको अवस्था जटिल भएपछि बिहान काठमाडौँको थापाथली प्रसूतिगृहमा पठाइएको हेलम्बु गाउँपालिकाका अध्यक्ष नीमा ग्याल्चेन शेर्पाले बताएका छन ।
मेलम्चीमै सुत्केरी भए पनि आमा र शिशु दुवै जनाको स्वास्थ्य ठीक नभएपछि काठमाडौँ पठाइएको शेर्पाले बताए ।


प्रतिक्रिया दिनुहोस्