काठमाडौं उपत्यकामा थप १४०९ जना संक्रमित

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १४ सय ९ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा १ हजार १ सय १६, भक्तपुरमा १ सय ३० र ललितपुरमा १ सय ६३ जनामा संक्रमण पुष्टि भएको छ ।
त्यस्तै देशभर पछिल्लो २४ घण्टामा २ हजार ५९ जनामा कोरोना भाइरसको संक्रमण भएको छ । १३ हजार २७९ जनाको परीक्षण गर्दा २ हजार ५९ जना संक्रमित भेटिएको मन्त्रालयको नियमित कोरोना अपडेटमा बताइएको छ ।