एनएमबि बैंकको लाभांश घोषणा, बोनस र नगद बराबरी - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

एनएमबि बैंकको लाभांश घोषणा, बोनस र नगद बराबरी



काठमाडौं । एनएमबि बैंक लिमिटेडले लभांश घोषणा गरेको छ । बैंकले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई दिने लाभांश घोषणा गरेको हो ।

मंसिर ५ गते बसेको संचालक समितिको बैठकले यो वर्ष हाल कायम चुक्ता पूँजीको १० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । बैंकले ५ प्रतिशत बोनस सेयर ५ प्रतिशत कर प्रयोजनार्थ नगद लाभांश दिने भएको हो ।

उक्त प्रस्तावित लाभांश अब नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई बैंकको आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात वितरण हुनेछ ।


प्रतिक्रिया दिनुहोस्