सोलु हाइड्रोपावरको आइपीओ निष्कासन, क-कसले दिन पाउँछन् आवेदन ? - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

सोलु हाइड्रोपावरको आइपीओ निष्कासन, क-कसले दिन पाउँछन् आवेदन ?



काठमाडाैं । सोलु हाइड्रोपावर लिमिटेडले आइपिओ निष्काशन तथा बिक्रि खुला गरेको छ ।

कम्पनीले आज (मंसिर ७ गते) देखि आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गरेको हो ।

कम्पनीले जारी पूँजी १० अर्ब रुपैयाँको २० प्रतिशत अर्थात २ अर्ब रुपैयाँ बराबरको २ करोड कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको थियो। जसमध्ये १ अर्ब रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ दरका १ करोड कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि छुट्याएकाे हाे ।

सोमध्ये आयोजना अति प्रभावित क्षेत्र सोलु दूधकुण्ड नगरपालिकाको वडा नं ७, ११ र थुलुङ दूधकोशी गाउँपालिकाको वडा नं १ को स्थानिय बासिन्दाहरुका लागि ४० प्रतिशत अर्थात ४० लाख कित्ता तथा सोलु दूधकुण्ड नगरपालिका र थुलुङ दूधकोशी गाउँपालिकाको अति प्रभावित वडा बाहेक अन्य वडामा बस्ने स्थानिय बासिन्दाहरुलाई ६० प्रतिशत अर्थात ६० लाख कित्ता बाँडफाँट गरिनेछ।

यस्तै, वैदेशिक रोजगारीमा गएकाहरूका लागि १० लाख कित्ता सेयर छुट्याइएको छ। लगानीकर्ताले अंकित मूल्य प्रति कित्ता १०० रुपैयाँमा आइपीओका लागि आवेदन दिन सक्नेछन्।

आइपीओमा अधिकतम १ लाख कित्ताका लागि आवेदन दिन सकिने बिक्री प्रबन्धकले जनाएको छ। आयोजना प्रभावित क्षेत्रका स्थानीयले छिटोमा मंसिर २१ र ढिलोमा पुस ७ गतेसम्म तथा वैदेशिक रोजगारीमा गएकाले मंसिर १० सम्म आवेदन दिन सक्नेछन्।

स्थानीय र आयोजना प्रभावितका लागि सेयर बाँडफाँट गरेपछि हाइड्रोपावरले दोस्रो चरणमा सर्वसाधारणमालाई बिक्री गर्नेछ।


प्रतिक्रिया दिनुहोस्