चितवन उद्योग बाणिज्य संघको अध्यक्षमा पन्तलाई उठाउने निर्णय - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

चितवन उद्योग बाणिज्य संघको अध्यक्षमा पन्तलाई उठाउने निर्णय



काठमाडौँ । चितवन उद्योग बाणिज्य संघको आगामी अधिवेशनमा सिरीष पन्तलाई अध्यक्ष उठाउने सहमति भएको छ । दुई दिनसम्म चलेको निर्माण सामग्री (हार्डवेयर) व्यवसायी संघ चितवनको विस्तारित बैठकले यस्तो निर्णय गरेको हो ।

चितवनका युवा ब्यवसायी पन्तलाई भावि अध्यक्षमा सिफारिस गर्ने सर्वसम्मत निर्णय भएको हो। व्यावसायिक समस्यालाई नजिकबाट बुझ्ने, निष्पक्ष, स्पष्ट कार्ययोजना र व्यवसाय मैत्री नेतृत्व क्षमता पन्तमा रहेको निष्कर्ष बैठकले निकालेको छ ।

हार्डवेयर व्यवसायी संघका अध्यक्ष नरहरी घिमिरेले भने, ‘उनी केवल एउटा उम्मेदवार होइन, परिवर्तनको नेतृत्व गर्न सक्ने, परिणाम देखाउने र व्यवसायीको हितलाई सर्वोपरि राख्ने वास्तविक नेतृत्व हुन् ।’

संघले एक मत निर्णय गर्दै उद्योगी व्यवसायी अहिले परिवर्तनको महत्त्वपूर्ण मोडमा रहेको उल्लेख गर्दै ‘योग्य नेतृत्व रोज्ने बेला आएको’ भनेको छ। संस्थाको भविष्य, व्यवसायीको सुरक्षा, पारदर्शिता, व्यावसायिक सहजता र दीर्घकालीन विकास यिनै निर्णयले निर्धारण गर्ने भएकाले सबै उद्योगी व्यवसायीलाई जिम्मेवारीपूर्वक मत प्रयोग गर्न समेत संघ अपिल गरेको छ ।


प्रतिक्रिया दिनुहोस्